
बेइजिङ (चीन), ११ कात्तिक । चीनले आफ्नो एक दर्जन भन्दा बढी शहरहरूमा पुनः लकडाउन घोषणा गरेको छ ।
कोरोना सङ्क्रमितको संख्या पुनः बढ्न थालेको भन्दै चीनले विभिन्न शहरहरूमा लकडाउन घोषणा गरेको हो । समाचार अनुसार लगातार तेश्रो दिन पनि एक हजार भन्दा बढी कोभिड संक्रमित भएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ ।
कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरमा पनि लक डाउन गरिएको छ । त्यहाँका ८ लाख मानिसलाई आउँदो आइतबारसम्म घरबाट बाहिर ननिस्किन निर्देशन दिइएको छ ।
साथै चीले झेङझाउ र ग्वाङझाउलगायत ठूला शहरहरूमा एक साताका लागि लकडाउन घोषणा गरेको हो ।















प्रतिक्रिया