
महोत्तरी, ११ कात्तिक । हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा प्रशासनले जारी गरेको कर्फ्यु कायमै रहेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जारी गरिएको कर्फ्यु अझै कायमै रहेको हो ।
हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्यालीको क्रममा बुधबार दिउँसो हिंसा भड्किएको थियो । हिन्दू र मुस्लिम समुदायबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो ।
प्रशासनले भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।












प्रतिक्रिया