१ कार्तिक २०८३, आइतबार

फ्राइडे रिलिजः आजबाट ‘महापुरुष’ प्रदर्शनमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली सिनेमा हलहरुमा नेपाली चलचित्र ‘महापुरुष’ प्रदर्शनमा आएको छ ।

‘महापुरुष’ मा अभिभावकको एक्लोपनको कथा देखाइएको तथा आफ्नो व्यस्त जीवनमा रमाइरहेको सन्तान र अभिभावकबीचको सम्बन्ध र चाहनालाई सरल रुपमा प्रस्तुत गरिएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र महापुरुषमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक भट्टराईले यसअगाडि जात्रा, शत्रु गते र जात्रै जात्राको निर्देशन गरिसकेका छन् ।

चलचित्र महापुरुषको पाँच दिनअगाीड नै काठमाडौंमा प्रिमियर गरिएको थियो ।