
हेटौंडा, १० कात्तिक । मकवानपुरको हेटौंडा-१० बसपार्क नजिकै रहेको तरकारी बजारमा आगलागी हुँदा ५० लाख बराबरको क्षती भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बिहीबार दिउँसो बसपार्क स्थित मिना साहको नास्ता होटलमा भएको आगलागी बसपार्कको तरकारी बजारमा फैलिँदा ५० लाख बराबरको क्षती भएको हो ।
आगलागीबाट कुनै मानविय क्षती नभए पनि आगोलागीबाट नास्ता होटल पुर्ण रुपमा जलेर नष्ट भएको र ५ वटा भरिएको ग्यास सिलिण्डर पढ्किएर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैगरी, आगलागीबाट बसपार्क नजिकै रहेको ३ वटा तरकारी पसल जलेर नष्ट भएको छ भने ४ वटा तरकारी पसलमा सामन्य क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी, म्यादी प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्टको कारण आगलागी भएको बताइएको छ ।













प्रतिक्रिया