
काठमाडौं, १० कात्तिक । अञ्जली दिदी का रुपमा परिचित अञ्जली मास्केले यस वर्ष पनि सामुहिक भाइटीका लगाइदिएकी छिन् ।
अञ्जली दिदीले बिहीबार काठमाडौँको काष्ठमण्डपमा सामुहिक भाइटीका लगाएकी हुन् ।

उनले वि.सं. २०५५ सालदेखि निरन्तर रुपमा सामुहिक भाइटीका लगाइँदै आएको जानकारी दिएकी छिन् । भाइटीकामा अञ्जली दिदीसँग टीका थाप्नेहरुको भीड लाग्ने गर्छ ।
अञ्जली दिदीले हरेक बर्ष टीका लगाइदिन पाउदा खुशी लागेको बताइन् । उनले आगामी दिनमा पनि सामुहिक भाइटीका लगाइदिने बताएकी छिन् ।
















प्रतिक्रिया