१ कार्तिक २०८३, आइतबार

बङ्गलादेशमा आएको आँधीबाट २८ जनाको मृत्यु, लाखौँ प्रभावित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बंगलादेश, १० कात्तिक । बङ्गलादेशमा सित्राङ नामको आँधीबाट मृत्यु हुनेहरूको संख्या २८ पुगेको छ ।

सित्राङबाट लाखौँ मानिस प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । आँधीका कारण बङ्गलादेशका लाखौँ व्यक्ति बिजुली सेवाविहीन भएका छन् ।

उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव फेला पारेका छन् । योसँगै आँधीमा परी ज्यान जानेको सङ्ख्या २८ पुगेको हो ।

सित्राङ नामक यस आँधी दक्षिणी बङ्गलादेशमा अवतरण गरेको जनाइएको थियो । त्यसलगत्तै मानिसलाई यसले प्रभावित पारेको हो ।

अधिकारीहरूले यस शक्तिशाली आँधी आउनुअघि झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको बताएका छन् ।

आँधीको गति ८० किलोमिटर प्रतिघण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनाश गर्ने अनुमान गरिएको छ । एजेन्सी