१ कार्तिक २०८३, आइतबार

पाँच पटकको विजेता बार्सिलोना लगातार दोस्रोपटक समूह चरणबाटै बाहिरियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्यिन्स लिग फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

पाँच पटकको विजेता बार्सिलोना दुई खेल अगावै समूह चरणबाटै बाहिरिएको हो । बुधबार राति सम्पन्न भएको खेलमा इटालियन क्लब इन्टर मिलानले चेक क्लब भिक्टोरिया प्लाजानलाई ४–० ले हराएपछि बार्सिलोना बाहिरिएको हो ।

यससँगै बार्सिलोना लगातार दोस्रोपटक युरोपकै सर्वाधिक प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिन पुगेको छ । गत सिजन पनि बार्सिलोना समूह चरणबाटै बाहिरिएको थियो ।