२ कार्तिक २०८३, सोमबार

रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, ९ कात्तिक । रोल्पाको सुलिचौरमा बुधबार लु. १ ज ३२३४ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन् ।

लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबट १०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी दाङ घोराही उपमहानगरपालिका–६ का ५८ वर्षका विष्णु रिजाल, ६० वर्षका नारायण रिजाल तथा रोल्पा नगरपालिका–३ की ५० वर्षकी फाम्सी केसीको मृत्यु भएको जिप्रका रोल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये ७ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ ।