२ कार्तिक २०८३, सोमबार

शरीरमा शान्ति नभइ सर्वत्र शान्ति नहुने विश्वासका साथ गरियो म्हः पूजा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । शरीरमा शान्ति नभइकन सर्वत्र शान्ति नहुने विश्वासका साथ नेवार समुदायले बुधबार म्हः (आत्मा) पूजा गरेका छन् ।

काठमाडौ उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले म्हः पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गर्ने प्रचलन छ ।

म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । यसरी आत्मको पूजा गर्नुलाई म्हः पूजा भनिने संस्कृतविद्हरुको भनाई छ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाको दिन म्हः पूजा गर्ने प्रचलन रहेको छ ।

शरीरमा शान्ति नभइकन सर्वत्र शान्ति नहुने विश्वास अनुरुप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ । घरको मुलीले परिवारको अन्य सदस्यलाई टीका, सगुन लगाई दिएर पूजा गरिन्छ । पूजा सकिएपछि भोज खाने प्रचलन रहेको छ ।

म्हः पूजाले आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।