
काठमाडौं, ९ कात्तिक । नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै अब एमालेका विष्णु पौडेललाई जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापामगरले टक्कर दिने भएका छन् ।
गठबन्धनका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिका थापामगरलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आज बुधबार गठबन्धन दलका शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति प्रकाशित गरी गठबन्धनको तर्फबाट थापालाई समर्थन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
सत्ताधारी पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि रूपन्देही–२ मा गठबन्धन उम्मेदवारबिहीन बनेको थियो । गुरुङलाई बैंकिङ कालोसूचीमा परेको तथ्य उजागर भएपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।
सो क्षेत्रमा पूर्व अर्थमन्त्री समेत रहेका नेकपा एमालेका नेता विष्णु पौडेल उम्मेदवार छन् । लगातार तीन पटक फराकिलो मतान्तरले चुनाव जितेका पौडेलको प्रमुख प्रतिस्पर्धी अब थापा बनेका छन् । यद्यपि, पौडेलको जित रोक्न भने उनी सफल नहुने अंकगणितले देखाउँछ ।
हेर्नुहोस् विज्ञप्ति–
















प्रतिक्रिया