
अर्घाखाँची, ९ कात्तिक । अर्घाखाँचीमा एक जना ५९ वर्षीय पुरुषले १२ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।
ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भुमिकास्थान नगरपालिका–६ बराहचौर बस्ने नुम बहादुर पुन पक्राउ परेका छन् ।
प्रहरी चौकी खिल्जिबाट खटिएको प्रहरीले उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई पुनले सोमबार दिउँसो जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया