२ कार्तिक २०८३, सोमबार

मदिराको नशामा सात वर्षीया बालिकालाई बलात्कार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिकात्मक तस्वीर

भक्तपुर, ९ कात्तिक । अस्वाभाविक रूपमा मादक पदार्थ सेवन गरी दोलखाका एक पुरुषले भक्तपुरमा सात वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

दोलखाको बैत्येश्वर गाउँपालिका–१ घर भई भक्तपुरको दुवाकोट बसोबास गर्दै आएका ३० वर्षीय राम चर्ने दाहालले ती बालिकालाई जबरजस्ती करणी गरेका हुन् ।

जबरजस्ती करणी गरेको अभियोगमा उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दाहालविरुद्ध मादक पदार्थ सेवन गरी बालिकालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा आएलगत्तै उनलाई तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ ।