
काठमाडौं, ९ कात्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको पहिचान र गौरवलाई स्थापित गरिनुपर्ने बताएका छन् ।
नेपाल सम्वत् ११४३ को अवसरमा नेपाल सम्वत् न्हूदँ राष्ट्रिय समारोह समितिले बुधबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको उत्पतिस्थलको जगेर्ना गर्दै उनको पहिचान र गौरवलाई स्थापित गरिनुपर्नेमा जोड दिएका हुन् ।
उनले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्न रूपमा जोडिएको नेपाल सम्वतको जगेर्ना गर्दै यसको महत्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको पनि बताएका छन् ।
त्यसअघि नेपाल सम्वतको अवसरमा उपत्यकाका विभिन्न सहरबाट सांस्कृतिक बाजागाँजासहित निकालिएको र्याली बसन्तपुर दरबार क्षेत्रमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
नेपाली जनताको ऋण मोचन गरेर जनसाधारणले सञ्चालन गरेको मानिने नेपाल सम्वतको नयाँ वर्षको अवसरमा विविध कार्यक्रमका साथ मनाइएको छ ।
नेपाल सम्वतका प्रवर्तक शङ्खधर साख्वाःले ११४३ पूर्व जनताको ऋण मोचन गरी यो सम्वत् प्रचलनमा ल्याएका थिए । नेपाल सम्वत् १९२९ मा यो सम्वतलाई राष्ट्रिय सम्वतको औपचारिक मान्यता प्रदान गरी घोषणा गरिएको थियो ।















प्रतिक्रिया