१ कार्तिक २०८३, आइतबार

हराएकी महिलाको शव अजिङ्गरको भुँडीभित्र भेटियो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्डोनेसिया, ९ कात्तिक । इन्डोनेशियाको जाम्बी प्रान्तामा एक जना महिलाको शव अजिङ्गरको भुँडीभित्र फेला परेको छ ।

रबर सङ्कलनको काम गर्ने अन्दाजी ५० वर्ष उमेरकी ती महिला हराएको केही दिनपछि अजिङ्गरको भुँडीभित्र भेटिएकी हुन् । उनी गत आइतबारदेखि हराइरहेकी थिइन् ।

आइतबार उनी रबर सङ्कलन गर्न रबर खेती गरिएको ठाउँमा काम गर्न गएकी थिइन् । तर, त्यो रात उनी फर्केर आइनन् । घर नफर्किएपछि उनको खोजीका लागि टोलीहरू खटाइयो, तर उनलाई फेला पार्न सकेन ।

खोजी कार्य चलिरहेकै बेला भोलिपल्ट गाउँलेहरूले ठूलो भुँडीसहितको अजिङ्गर फेला पारे । त्यसपछि उक्त अजिङ्गरलाई उनीहरूले मारे अनि चिरेर हेर्दा हराएकी महिला अजिङ्गरको भुँडीभित्र भेटियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाए अनुसार अजिङ्गरको भुँडीभित्रबाट ती महिलालाई जिउँदो अवस्थामा नभेटे पनि हव भने सग्लो थियो ।