१ कार्तिक २०८३, आइतबार

चीनको नयाँ फुटेज बाहिरियो

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । चीनका राष्ट्रपति हु जिन्ताओलाई नाटकीय रूपमा अघिल्लो हप्ता बेइजिङमा भएको कम्युनिस्ट पार्टीको महाधिवेशनबाट बाहिर निकालिनुअघि के भएको थियो भन्नेबारे ताजा भिडिओ फुटेज बाहिर आएको छ ।

हुको बायाँतर्फ बसेका बहिर्गमन हुन लागेका पोलिट्ब्युरो सदस्य ली चाङ्शूले एउटा फाइल लिएको र उनीसँग बोलिरहेको विस्तृत रूपमा देखाइएको छ। त्यसपछि चीनका राष्ट्रपति सी जिन्पिङले अर्को व्यक्तिलाई लामो निर्देशन दिएको र लगत्तै ती व्यक्तिले हुलाई अधिवेशनस्थल छाड्न अनुरोध गर्ने प्रयास गरेको देखाइएको छ ।

चिनियाँ अधिकारीहरुले हू बिरामी रहेको बताइरहे पनि नयाँ सार्वजनिक भएको भिडियोले त्यस्तो देखाउँदैन । सिङ्गापुरमा रहेको च्यानल न्यूज एसियाले खिचेको भिडियोमा हुलाई सहयोग गर्न ली चाङ्शू उठ्न खोजेको जस्तो देखिन्छ तर बायाँमा रहेका वाङ खुनिङले लीलाई बस्न इशारा गर्छन् ।

त्यसबीचमा आफूलाई बाहिर लगिँदै गर्दा हुले भावविहिन मुद्रामा राष्ट्रपति सीलाई केही भन्दै गरेको देखिन्छ। पहिलो लहरमा रहेका नेताहरूले हु बाहिरिँदै गर्दा पछाडि हेरेको देखिदैँन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट आकस्मिक रूपमा हुलाई बाहिर निकाल्नुलाई आश्चर्यजनक देखिएको थियो । त्यसपछि अनेक हल्लाहरु चलिरहेको बीबीसीले जनाएको छ ।