
काठमाडौं, ९ कात्तिक । गायिका मेलिना राई र गायक दीपक चालिसेको स्वरमा रहेको नयाँ गीत ‘चरी भरर’ म्युजिक भिडिओसहित सार्वजनिक गरिएको छ ।
नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मि थापा फिचर्ड भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन् । गीतमा दिलु श्रेष्ठको शब्द रचना र सन्तोष प्रगाढको संगीत छ ।
सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन् । भिडियोमा प्रविन थापाको कोरियोग्राफी र आरडी दुलालको ड्रोन समावेश छ ।















प्रतिक्रिया