
काठमाडौं, ९ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुर्था–जयनगर रेल कुदेको र आफू चढेकोसहितको सुन्दर दृश्य सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
आज बुधबार उनले ‘हाम्रो रेल, नेपालको रेल !’ शीर्षक दिएर सो भिडिओ सार्वजनिक गरेका हुन् । भिडिओमा तराइका फाँटको बीच भागमा रेल कुदिरहेको मनोरम दृश्य देख्न सकिन्छ ।
स्वयम् ओली नेतृत्वको सरकारले खरिद गरेर ल्याएको रेल हाल सञ्चालनमा छ । हाल जयनगरदेखि जनकपुरसम्म ३५ किलोमिटरमा रेल चलिरहेको छ भने सोही रूट हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणाधीन छ ।
भारतको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्ग निर्माण भएको हो । रेलमार्गका लागि भारत सरकारले ८.७७ अर्ब रुपैयाँ अनुदान दिने प्रतिबद्धता ओली सरकारकै पालामा जनाएको छ ।















प्रतिक्रिया