२ कार्तिक २०८३, सोमबार

चुच्चे नक्साविरुद्धको घेराबन्दी हो गठबन्धन : महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ८ कात्तिक । नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले गुमेको जमीन समेटेर चुच्चे नक्सा जारी गरेकै कारण एमालेविरुद्ध घेराबन्दी गरिएको बताएका छन् ।

अम्माखोली साँस्कतिक परिवार तुलसीपुर उपमहानगरपालिका–१८ ले आयोजना गरेको भैलो कार्यक्रमको मङ्गलबार सुरूवात गर्दै पोखरेलले एमालेविरुद्ध घेराबन्दी हुनाको कारणबारे खुलासा गरेका हुन् ।

‘गुमेको जमीन समेटेर एमाले नेतृत्वको सरकारले चुच्चे नक्सासहित देशको नक्सा जारी गरेर राष्ट्रहितको काम गर्यो,’ महासचिव पोखरेलले भने, ‘जनता र राष्ट्रहितका काम गर्दा एमालेविरुद्ध गठबन्धन गरिएको छ यो गठबन्धन राष्ट्रहितमा छैन र यसले जनता र राष्ट्रहितमा काम पनि गर्दैन ।’

गठबन्धन स्वार्थहरुको झुण्ड भएकाले जनसरोकारका विषयमा गठबन्धन सरकार बेखबर भएर बसेको उनको भनाइ छ ।

‘सत्ता स्वार्थसिद्धिका लागि मात्रै गठबन्धन बनेको हो । नत्र देशको विकास र समृद्धिको अवस्था फरक भइसक्थ्यो,’ उनले भने, ‘यसको प्रमाण किसानले चाहिएको बेला मल नपाउनु, महङ्गी दोब्बर बढेर जानु र देश आर्थिक सङ्कटतर्फ धकेलिनु नै हो ।’ उनले अहिले बैंकले ऋण माग्दा पनि दिन नसक्ने अवस्था आइसकेको बताए ।

‘एमाले सरकारले मुद्रा सञ्चिती १२ महिनालाई पुग्ने अवस्थामा छोडेको थियो । अहिले त्यो घटेर छ महिनामा झरेको छ पोखरेलले भने, ‘गठबन्धन सरकार रहिरहे देश आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुग्ने छ । तसर्थ मंसिर ४ को निर्वाचनबाट गठबन्धन सरकार विदाइ गर्नुको विकल्प छैन । जनतासामु यो ठूलो अवसर आएको छ ।’ मंसिर ४ परमादेशको सरकार हटाएर जनादेशको सरकार निर्माण गर्ने पर्व भएको उनको भनाइ थियो ।