२ कार्तिक २०८३, सोमबार

‘न्यू इयर इभ’ धुमधाम मनाउन दिने प्रशासन किन रोक्छ साँझैमा देउसीभैलो ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । सरकारले तिहारमा खेलिने देउसी तथा भैलोमाथि आंशिक प्रतिबन्ध लगाएर संस्कार, संस्कृति र परम्परामाथि आक्रमण गरेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले समय तोकेर देउसी र भैलो खेल्न दिने प्रवृत्तिले सर्वसाधारणहरू आतंकित हुनाका साथै नेपालको मौलिक कला, संस्कार, संस्कृति र परम्परामाथि निरन्तर आक्रमण भइरहेको सरोकारवालाहरूको भनाई छ ।

हालै जिल्ला प्रशासन सप्तरीद्वारा देउसी भैलो जस्ता सांस्कृतिक कार्यक्रमहरूबारे जारी सूचनाप्रति विश्व हिन्दू परिषद् नेपालले आपत्ति जनाउँदै नेपाली संस्कार, संस्कृति र परम्परामाथि आक्रमण भएको आरोप लगाएको छ । सरकार र प्रशासनको हवला दिँदै नेपाली संस्कार, संस्कृति र परम्परामाथि निरन्तर आक्रमण भइरहेको महासंघको ठहर छ ।

‘सुरक्षाको सवाल देखाउँदै यस वर्षको देउसी–भैलो स्वतन्त्रतापूर्वक खेल्न अवरोध सृजना गरी सरकारले निरीहतापन प्रकट गर्नु निन्दनीय रहेको छ । सरकारको हिन्दूविरोधी यो कदमको विश्व हिन्दू परिषद् नेपाल घोर भत्र्सना गर्दछ,’ परिषदले विज्ञप्ति जारी गर्दै भनेको छ ।

‘देउसी–भैलो खेल्न विना कुनै समयसीमा निर्बाध रूपमा के दिन–के रात हप्ता दिनसम्म देउसी–भैलो खेल्ने र देउसी–भैलोमार्फत् उठेको दान (रकम) लगायत सरसामग्री संकलन गरेर, मन्दिर, चैते गुम्बा, पाटीपौवा, सतल, बाटो निर्माण, पँधेरो, पानी धारालगायत अनेकौं सामाजिक सेवाका कार्यहरू गर्ने गरेको तथ्य सर्वज्ञ छ,’ परिषदका महासचिव जितेन्द्र कुमार सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली धर्म, संस्कार, संस्कृति र परम्परामाथि भइरहेको आक्रमणलाई टेवा पुग्नेगरी देउसी–भैलो खेल्ने कार्यलाई प्रतिबन्ध लगाउन खोज्नु नेपाल र नेपाली जनताको धार्मिक भावनामाथि ठाडो कुठाराघात रहेको हाम्रो ठहर हो । संस्कार संस्कृति र परम्परामाथिको आक्रमण हिन्दू समाजलाई सह्य हुने छैन ।’

डान्सबार, डिसेम्बर अन्तिम एवम् अन्य धर्माबलम्बीको धार्मिक कार्यक्रमहरूलाई बिना रोकतोक सञ्चालन गर्न दिई योजनावद्ध ढङ्गबाट देउसी–भैलो जस्तो आत्मीय पर्वहरूको खिल्ली उडाउँदै प्रतिबन्धको झलक प्रदान गर्ने कार्य राज्यपक्षबाटै गरिनु अत्यन्तै गम्भीर र चिन्ताजनक विषय भएको परिषदको भनाइ छ ।

‘यस किसिमको सँस्कृतिविरोधी कदमहरूप्रति पुर्नविचार गर्न सम्बन्धित पक्षलाई विश्व हिन्दू परिषद् नेपाल ध्यानाकर्षण गराउँदछ । साथै सम्पूर्ण सनातनी हिन्दू धर्मावलम्बीलाई पूर्ण उत्साहका साथ चाडपर्व मनाउन हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।