
हेटौंडा, ८ कात्तिक । मकवानपुरमा एकै जुवाखालबाट नगदसहित ३३ जना पक्राउ परेका छन् ।
गएराति जिल्लाको हेटौंडा-११ नवलपुर स्थित बैकुण्ठ बलामीको घरको ग्यारेजबाट नगद ७३ हजारसहित ३३ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
विशेष सूचनाको आधारमा प्रहरीले जुवाको खालबाट कौडा १३ थान, तास १३ बुक र नगद ७३ हजार बरामद गरेको प्रवक्ता कार्कीले बताए ।
यसैगरी, सोही जुवाखालमा प्रहरीसँग अभद्र व्यवहार गर्ने एक जना महिला समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया