
काठमाडौं, ७ कात्तिक । श्री पञ्चमहालक्ष्मी मन्दिरमा प्रत्येक वर्षझैं यस वर्ष पनि श्री पञ्चमहालक्ष्मीको विशेष पूजा आराधना सम्पन्न भएको छ ।
सोमबार लक्ष्मी पूजाका अवसरमा विशेषरुपमा भक्तपुरस्थित उक्त मन्दिरमा पञ्चमहालक्ष्मीको पूजा आराधना गरिएको हो ।
पाँच ओटा लक्ष्मीको विधिवत रुपमा पूजा आराधना गरिने यस पूजामा सम्पन्न लक्ष्मी, भोग लक्ष्मी, ज्ञान लक्ष्मी, मोक्ष लक्ष्मी, महालक्ष्मीसहित पञ्च महालक्ष्मीको विशेष पूजा गरिएको हो ।
मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य आचार्यको संकल्पमा आयोजित सो पूजामा काठमाडौं, भक्तपुर, ललितपुरलगायत ठाउँका भक्तजनको सहभागिता थियो ।
















प्रतिक्रिया