
काठमाडौं, ७ कात्तिक । आकर्षक उपभोक्ता कृषि सहकारी संस्थाले एकै छानामुनी सबै सामान बिक्री गर्न ई–कमर्श साइड ‘एकोल मार्ट डटकम’ सार्वजनिक गरेको छ ।
लक्ष्मीपूजाको अवसर पारेर सहकारीले आज एक कार्यक्रम गर्दै ‘एकोलमार्ट डटकम’ उदघाटन गरेको हो ।
दश बर्षदेखि उपभोक्ता तथा कृषि क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आइरहेको सहकारीले यसअघि दराज अनलाइनसँग सहकार्य गर्दै आफना उपत्पादनहरू बजारमा बिक्री गर्दै आएको थियो ।
बजारमा आफ्ना उत्पादनहरूको माग तीव्र बढ्न थालेकोले आफैले आधुनिक अनलाइन सपिङ पेल्टफर्म ‘एकोलमार्ट डटकम’ साइट सुरू गरेको संस्थाका अध्यक्ष दिपकप्रसाद घिमिरेले बताए । निकट भविष्यमै आफनो सेवा देशैभर पुर्याउने लक्ष्य राखेको एकोल मार्टले अहिले भने उपत्यकाको तीन जिल्लामा सेवा सुरु गरेको घिमिरेले बताए ।
आम उपभोक्तालाई सहकारी आफैले उत्पादन गरेका तथा दशैभरबाट संकलन गरिएका अग्र्यानिक उत्पादनहरू घर–घरमै उपलब्ध गराउने अभिप्रायले ई–कमर्श साइड ‘एकोलमार्ट डटकम’ सुरू गरिएको बताए ।
एकोल मार्टले अर्ग्र्यानिक खाद्यजन्य, जडिबुटीजन्य, तरकारी, फलफूल, माछा, विभन्न प्रजातीका फुलहरू तथा औषधिजन्य उत्पादनहरू गरी करिव पाँच सय प्रोडक्टहरू बिक्रीका लागि बजारमा ल्याएको उनले बताए । त्यसलाई क्रमशः विस्तार गर्दै लैजाने सहकारीको योजना छ ।
एकोलमार्ट डटकमका आइटी प्रमुख ई.प्रदीप भटराइले उपभोक्ताहरूले एकोलमार्ट डटकम लगिन गरेर सजिल्लै रजिष्टेशन गर्न सक्ने र आफुलाई आवश्यक वस्तुहरूको अर्डर गर्न सक्ने बताए । उनले कुनै पनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा भएको बताए ।
एकटकमा १० ओटा प्रोडक्टसम्म अर्डर गर्न सकिने उनले बताए । मोबाइल तथा इन्टरनेटबाट घरमै बसेर विभिन्न उपभोक्ता वस्तुहरू किनमेल गर्न सहज होस् भनेर एकोलमार्ट डटकम सुरू गरिएको उनले बताए । साइडको फिचरलाई क्रमशः ग्राहकमैत्री बनाउँदै लैजाने पनि उनले बताए ।
आर्कषक उपभोक्ता कृषि सहकारी संस्थाले जडिबुटीबाट निर्मित ग्रीन टी, स्लीम टी, हर्बल सावुन, मसाज तेल, टुथपेष्ट, सेम्फु जस्ता प्रोडक्टहरू आफैले उत्पादन गर्दै आएको छ ।
त्यसैगरी सहकारीले लतिलतुरमा फुलखेती, तरकारी खेती, कुरोलो तथा अकबरे खुर्सानीका विरुवा उत्पादन, ट्राउट माछापालन जस्ता व्यवसायिक कृषि गर्दै आइरहेको छ ।
साथै सहकारीले आफनो हेड अफिस सातदोबाटोमा आर्कषक आर्युबेद क्लीनक पनि सञ्चालन गर्दै आइरहेको छ । ती सबै सेवाहरूका साथै देशैभरबाट संकलन गरिएका अग्र्यानिक चामल, पिठो, दाल, गेडागुडी, तेल, सिजनेबल तरकारी, आयुर्वेदिक औषधि जस्ता खाद्य तथा जडिबुटीजन्य करिब पाँच सय आइटमका प्रोडक्टहरू बजारमा ल्याएको अध्यक्ष घिमिरेले बताए ।
जिल्लामै नमूना सहकारीको रूपमा ख्याती कमाएको आर्कषक सहकारीले डिजिटल पेल्टफर्म ‘एकोलमार्ट डटकम’मार्फत आफनो बजार विस्तार गर्ने लक्ष्य लिएको छ । आधुनिक स्मार्ट फोन बोक्ने र इन्टरनेटमार्फत आफ्ना आवश्यकताका वस्तुहरू सपिङ गर्ने जमात बढेको भन्दै सहकारीका प्रोडक्टहरूले राम्रो बजार पाउने विश्वास घिमिरेले व्यक्त गरे ।















प्रतिक्रिया