
काठमाडौं, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य निर्मल भट्टराईले नेपालको समाजवादी यात्रामा नेपाली कांग्रेस प्रमुक तगारोको रूपमा उभिएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) चाँगुनारायण वडा नं ६ नगरकोटमा आयोजित वृहत् कार्यकर्ता भेलामा उनले सामन्ती राजतन्त्रको अन्त्यका लागि सकारात्मक भूमिका खेले पनि अहिले कांग्रेस यथास्थितिवादी बनेको बताएका हुन् ।
‘सामन्ती राजतन्त्रको समूल नष्ट गर्न नेपाली कांग्रेसको भूमिका सकारात्मक भए पनि अहिले त्यो पार्टी चरम यथास्थितिवादी शक्तिको रूपमा रहेको छ,’ भट्टराईले भने ।
भेलामा भक्तपुर क्षेत्र नं १ का एमाले उम्मेदवार नवराज गेलालले एमालेले मात्र भक्तपुरको विकास स समृद्धिको नेतृत्व गर्न सक्ने बताए । यस्तै भक्तपुर निर्वाचन क्षेत्र १ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार मोहनवीर श्रेष्ठले जनताको सेवाबाहेक आफ्नो र आफ्नो पार्टीको कुनै अन्य उद्देश्य नरहेको प्रष्ट पारे ।
प्रदेशसभा समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, जिल्ला सदस्य विष्णु तामाङ, निरञ्जन बजगाईंलगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । सो वृहत् भेलाले सुरज बाँस्तोलाको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।















प्रतिक्रिया