
काठमाडौं, ६ कात्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लािग घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणपत्रमा संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गरेको छ ।
यस्तै संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुई तिहाइ मत दिन अपिल गरिएको नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले बताए ।
घोषणापत्रमा राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था पनि गर्ने उल्लेख छ भने राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने उल्लेख गरिएको छ ।















प्रतिक्रिया