
काठमाडौं, ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्मालाई मधेश प्रदेशको कार्यभार तोकेकी छिन् ।
मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रको अनुपस्थितिमा भण्डारीले शर्मालाई कार्यभार तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘मधेश प्रदेशका प्रमुख माननीय हरिशंकर मिश्र मिति २०७९/०७/०९ देखि २०७९/०७/११ गतेसम्म भारतको झारखण्डको भ्रमणमा जानुहुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम बागमती प्रदेशका प्रमुख माननीय यादव चन्द्र शर्मालाई तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया