१ कार्तिक २०८३, आइतबार

जोनसन र सुनकबीच मध्यरातसम्म गोप्य वार्ता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा प्रतिद्वन्द्वी बोरिस जोन्सन र ऋषि सुनकले राति अबेरसम्म वार्ता गरेका छन् ।

पार्टीको बिग्रदो छवि र देशको अस्थिर राजनीतिक अवस्थाकाबीच प्रमुख नेताहरूबीच भएको वार्तालाई विशेष चासको रूपमा हेरिएको छ। दुवै नेताहरू निवर्तमान प्रधानमन्त्री लिज ट्रसलाई नेतृत्वबाट विस्थापित गराउँने दौडमा सार्वजनिक भने भएका छैनन्। ट्रसको राजीनामा घोषणापछि उनीहरुको कुनै टिप्पणी बाहिर आएको छैन।

बढ्दो आक्रोश र राजनीतिक अस्थिरताकाबीच क्याबिनेट सदस्य पेनी मोर्डन्टले भने औपचारिक रूपमा पार्टी नेतृत्वको दाबी गर्दै यसका लागि आफू सक्षम रहेको समेत घोषणा गरेकी छिन् । उनले सात हप्ता अघि मात्र सम्पन्न भएको अन्तिम नेतृत्व प्रतियोगितामा सुनक र ट्रसबीच नजिकबाट नियालेको र अहिले नेतृत्वका लागि दाबी प्रस्तुत गरेको बताएकी छिन् ।

पूर्व प्रधानमन्त्री जोनसन र पूर्व अर्थमन्त्री सुनकले टोरी सांसदहरूको मतदानको सामना गर्न आवश्यक १०० मत सुरक्षित गर्न सोमबारको समयसीमा अघि कन्जरभेटिभ सहकर्मीहरू बीच तीव्रताका साथ लबिङ गरिरहेको बताइएको छ।

सुनकले शुक्रबार पुरानो थ्रेसहोल्ड पार गर्दै अगाडि बढेका छन् र १२९ टोरी सांसदहरूको सार्वजनिक समर्थन देखिएको छ । त्यस्तै,जोनसनसँग १०० मत सुरक्षित रहेको बताइएको छ ।

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन पार्टीको नेतृत्वका लागि औपचारिकरूपमा अगाडि बढ्न क्यारेबियन क्षेत्रको भ्रमण रोकेर शनिबार बेलाइत आइपुगेका हुन् ।