
काठमाडौं, ६ कात्तिक । नेकपा एमाले दोलखा बागमती प्रदेश सभाका प्रदेश ‘ख’ का उम्मेदवार भरत बहादुर केसीले एमाले पार्टी काम गरेर देखाउने पार्टी भएको हुँदा अरुको कुरा काट्न फुर्सद नभएको बताएका छन् ।
भिमेश्वर नगरपालिका वडा न ५ द्वारा आयोजित तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै केसीले एमाले अर्काको बारेमा खिसिट्युरी नगरि काम गरेर देखाउने पार्टी भएको हुँदा मंसिर ४ को चुनावमा एमालेलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।
केसीले स्थानीयहरुसँग अन्तरक्रिया गर्दै गाउँमा रहेको खानेपानी तथा सिँचाईको समस्या समाधान गर्न आफूले विगतदेखि नै पहल गरेको बताए । केसीले आफूलाई जिताए घरघरमा खानेपानी योजनाका साथै लिफ्टिङ सिचाइ लगायत थप अन्य योजनाहरु कामहरु सम्पन्न गर्ने प्रतिबद्वता व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले प्रदेश सभा सदस्य डबल पाण्डेले तिहारको शुभकामना दिँदै एमाले उम्मेदवार भरत केसी जे गर्छ त्यो मात्र बोल्ने गरेको बताए ।











प्रतिक्रिया