१ कार्तिक २०८३, आइतबार

टी–२० विश्वकपमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । आईसिसी पुरूष टी–२० विश्वकपमा आज सुपर १२ मा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् ।

आइतबार दिउँसो १:४५ बजेबाट मेलबर्नमा हुने यो खेललाई विश्व क्रिकेटप्रेमीहरुले महत्त्वका साथ हेर्नेछन् । यी दुई टोलीबीच हालसम्म ११ टी–२० खेल भएका छन् । जसमा भारतले आठ खेलमा जित हात पारेको छ भने पाकिस्तानले तीन खेल मात्र जितेको छ ।

टी–२० विश्वकपमा भने यी दुई देशबीच ६ खेल भइसकेका छन् । जसमा भारतले पाँच जित हात पारेको छ भने पाकिस्तानले एक जित हात पारेको छ । पछिल्लो पटक एसिया कपमा भारत र पाकिस्तान खेलेका थिए । जसमा पाकिस्तान विजयी भएको थियो ।

खेललाई मौसमले प्रभाव पार्नसक्ने मौसमविद्ले अनुमान गरेका छन् । वर्षाले सो खेल रद्द भएमा दुबै टोलीले १-१ अंक बाँढ्ने छन् ।