२ कार्तिक २०८३, सोमबार

बीओके क्यापिटलको लाभांश पारित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । बीओके क्यापिटल मार्केटको साधारण सभा सम्पन्न भएको छ ।

क्यापिटलको सातौँ वार्षिक साधारणसभाले ५.७९ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बसेको सातौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणहरू परित गर्नाका साथै आर्थिक वर्ष २०७८/७९ मा सञ्चित मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय अनुमोदन गरेको हो ।

बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले समीक्षा अवधिमा ६ वटा कम्पनीहरूको प्राथमिक शेयर तथा हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी कार्य गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

११ वटा कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी कार्य गरिरहेको कम्पनीले हालसम्म जम्मा ८५,६८९ हितग्राही खाता खोलिसकेको छ भने लगानी व्यवस्थापन सेवाअन्तर्गत ९८ जनाको १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ ।