
गोबिन्दराज ओझा (राजन)
सुन्दर नदी यो हिमालबाट बगिरहेको छ
यो तालमा कमलको फूल फुलेको छ ।
प्रकृतिले काँचुली फेर्दा बसन्त ऋतु आउँछ
यी नदी–नाला यो प्रकृतिले सुन्दरता बढाएको छ
मैले यहाँ बसेर उनको आवाज सुनेको छु
उनीसँग हाँस्दै–खेल्दै रमाएको छु ।
जाडो मौसम आयो न्यानो लुगा किन्न सकिन
कहाँबाट नयाँ लुगा ल्याएर लगाउँ भन्छ मन
गुराँसको फूलसँग रमाउँछ मेरो मन
हेरिरहन्छु मैले यी नदी–नाला र झरना ।
– दीपायल सिलगढी–२ दीपायल, डोटी















प्रतिक्रिया