४ कार्तिक २०८३, बुधबार

विस्फोटक पदार्थको ओसारप्रसारमा रोक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

विराटनगर, ५ कात्तिक । जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसारप्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ ।

चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए । उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए÷गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताए ।

प्रशासनले तिहारमा देउसी, भैलो जस्ता कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।