सिन्धुपाल्चोक, २७ वैशाख । मःमः पकाएर खाने भाँडो उनी किलो ठोक्ने ह्याम्मरले हान्दै थिईन् ।
हाक्पा डोल्मा हेल्मो (३१) दुईसाता अघि गएको भुकम्पमा घर भत्किदाँ कुच्चिएको मम पकाउने भाडोँ सोझ्याउँदै थिइन् ।
पुराना जस्ता पाता (टिन)ले बारेर सानो चिटिक्क परेको घर पनि उनको तयार थियो । बाहिरैबाट देखिने गरी कस्मेटिक सामानहरु बिक्रिका लागि राखेकी थिईन् ।
‘आधा सामान त भुईचालोले लगिहल्यो, बचेको ब्यापार गर्न राखेकी’ उनले भनिन् ‘अब अरु केहि अप्रिय घटना नभईञ्जेल त खानु पर्यो नि ।’
बिनाशकारी भुकम्पमा उनको पसलको मात्र होइन, घरमा राखिएका थुप्रै सामान टुटे फूटे । उनी भुकम्पको त्रासबाट उठेपछि ति टुटे फूटेका सामान बनाउन जुटेको कान्तिपुर दैनिकले छापेको छ ।
उनले भनिन् ‘बाँचिहालियो, अब जसोतसो खाउँला ।’
उनी भुकम्प गएको दिन र त्यसपछिका केहि दिन सम्झन चाहन्नन् । ‘त्यस्तो कुरा त नसम्झाउनुहोस् बल्ल बल्ल बिर्सिएको छ’ उनले भनिन् ‘संझदा पनि मुटु सिरिङग हुन्छ ।’ भुकम्पबाट डराएका उनका छोरीहरु समेत बल्ल तंग्रिएका छन् ।
सानी छोरी त बिरामी नै भएकी थिइन्, शुक्रबार देखी अलि हाँस्न र खेल्न थालेकी छन् ।















प्रतिक्रिया