
काठमाडौं, ४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेपछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढ्ने बताएका छन् ।
आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गरी सरकार बनाउने र त्यो सरकारले देशमा विकासको लहर ल्याउने बताउँदै ओलीले जनकपुरमा गुड्ने रेलको भन्दा विकासको गति धेरै हुने बताएका हुन् ।
आज शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा उनले देशभरका आदिवासी जनजाति प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्दै नेकपा एमालेले चुनाव जित्दा मात्रै देशको अस्तित्व रक्षा हुनाका साथै विकास निर्माणले तीव्रता पाउने दाबी गरेका हुन् ।
हेर्नुहोस् भिडिओ–















प्रतिक्रिया