२ कार्तिक २०८३, सोमबार

कर्जाको ब्याजदर १२ प्रतिशत नाघ्यो, झन्–झन् घट्दैछ विदेशी मुद्राको सञ्चिति (पूर्णपाठ)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दुई महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

आज शुक्रबार सार्वजनिक वित्तीय अवस्थाअनुसार कर्जाको व्याजदर १२ प्रतिशत नाघेको छ भने विदेशी मुद्राको सञ्चिती झन्–झन् घट्दै गइरहेको छ । यसले मुलुकको आर्थिक अवस्था क्रमशः खस्कदो अवस्थामा रहेको स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ भदौमा कर्जाको भारित औसत ब्याजदर १२.०६ प्रतिशत पुगेको छ । २०७८ भदौमा कर्जाको भारित औसत ब्याजदर ८.५७ प्रतिशत थियो । एक वर्षको अवधिमा कर्जाको भारित औसत ब्याजदर करिब साढे ३ प्रतिशत बिन्दुले बढेको हो ।

यस्तै वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ भने आयात १३.० प्रतिशतले, निर्यात ३४.९ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले घटेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा ११.३ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु. २३ अर्ब ६८ करोडले घाटामा रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

यसैगरी कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ३५ करोड अमेरिकी डलर रहेको छ ।

हेर्नुहोस् पूर्ण विवरण–