२ कार्तिक २०८३, सोमबार

सिटिजन्स बैंकको लाभांश पारित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । सिटिजन्स बैंकको १६औँ वार्षिक साधारण सभाले बैंकको लाभांश पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा आज शुक्रबार सम्पन्न वार्षिक साधारण सभाले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

सो साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रूपैयाँको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रूपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव पारित भएको हो । यससँगै सिटिजन्स बैंक आर्थिक वर्ष २०७८?७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ ।

यसैगरी, आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एनएफआर बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपश्चात् साबिक पूँजी संरचना ५१ः४९ परिबर्तन भई कायम भएको पूँजी संरचना ५१.०७ः४८.९३ (संस्थापक शेयरधनिहरुले धारण गरेको जम्मा शेयरः साधारण शेयरधनीहरुले धारण गरेको जम्मा शेयर) बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताब समेत साधारण सभाले पारित गरेको छ ।