२ कार्तिक २०८३, सोमबार

भूकम्पपीडितलाई रोनाल्डोद्वारा ८० करोड ५० लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

USA v Portugal: Group G - 2014 FIFA World Cup Brazilकाठमाडौं, २७ वैशाख । पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले महाभुकम्प पीडित नेपालीको सहयोगका लागि करिब ८० करोड ५० लाख रुपियाँ (७० लाख युरो) दिएका छन् ।

विश्वकै सबभन्दा धनी स्पेनी क्लब रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले भुकम्प पीडित नेपालीलाई सहयोगस्वरुप ७० लाख युरो सेभ द चिल्डेनलाई दिएको खबर फ्रान्सेली स्पोर्ट्स म्यागजिन ‘सो फुट’लाई उल्लेख गर्दै बेलायतको द टेलिग्राफले जनाएको कान्तिपुर दैनिकले छापेको छ ।

सो फुटका अनुसार भन्दै यसलाई टेलिग्राफ, डेली मेल, मिरर र द डेली स्टारजस्ता ठूला मिडियाले शनिबार राम्रै् स्थान दिएका छन् ।

तर, रोनाल्डोकै अफिसियल फेसबुक, ट्विटर र वेभपेज तथा सेभ द चिल्ड्रेनले भने त्यसबारे केहि जानकारी दिएको छैन ।

३० वर्षे रोनाल्डोले व्यक्तिगत रुपमा यो सबैभन्दा ठूलो सहयोग हो ।