
काठमाडौं, ४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग झन्डै चार घण्टा लामो टेलिफोन कुराकानी गरेका छन् ।
ओलीले पूर्वनिर्धारित कार्यक्रमअनुसार नागरिकसँग टेलिफोनमा कुराकानी गरेका हुन् । नागरिकसँग भएका कुराकानीले आफूमा थप उत्साह थपेको प्रतिक्रिया ओलीले दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसँग कुराकानी गर्न दुई लाख नौ हजार ११६ जनाले नाम र नम्बर टिपाएका थिए । अध्यक्ष ओलीले सबैसँग कुरा गर्न नपाएको भन्दै यसलाई निरन्तरता दिने बताएका छन् ।
गएको मंगलबार ओलीले फेसबुकमा एक तस्वीर सार्वजनिक गर्दै नागरिकसँग टेलिफोन कुराकानी गर्ने र त्यसका लागि नम्बर टिपाउन आह्वान गरेका थिए ।















प्रतिक्रिया