२८ आश्विन २०८३, बुधबार

दोहोरी गायिका जेरी र गायक शंकर क्षेत्रीले गरे सम्बन्धबिच्छेद (भिडिओ)

19.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । लोक दोहोरी गायिका बबिता बानिँया ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्धबिच्छेद गरेका छन् ।

उनीहरूले शुक्रबार जिल्ला अदालत काठमाडौंबाट सम्बन्ध विच्छेद गरेका हुन् । बबिता दम्पतीले केही दिनअघि जिल्ला अदालत काठमाडौंमा सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।

तीन वर्षअघि विवाह बन्धनमा बाँधिएका गोरखाकी जेरी र नेपालगञ्जका शंकरको साढे दुई वर्षीया छोरी छिन् । छोरी जेरीसँग रहने र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने गरी समझदारी भएको बुझिएको छ ।