२ कार्तिक २०८३, सोमबार

थामी संग्रहालयलाई नेपालको गन्तव्यस्थल बनाउने शिबाकोटीको प्रतिबद्धता

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा ४ कात्तिक । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले दोलखाका उम्मेदवारहरूले चुनावी प्रचार अभियानलाई तीव्र पारेका छन् ।

चु्नावी अभियानकै क्रममा मतदाता भेट्न जिल्लाको भीमेश्वर नगरपालिका–१ लामानागीमा अवस्थित थामी बस्तीमा पुगेका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिबाकोटीले थामी संग्रहालयलाई नेपालको गन्तव्यस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

लामानागीमा थामी समुदायको बाक्लो बस्ती छ । भीमेश्वर नगरपालिका लामानागीसँगै रहेको अल्पसंख्यक थामी समूदायको उद्गमस्थल राङराङथलीमा एमालेकै पहलमा थामीहरुको ऐतिहासिक संग्रहालय निर्माणाधीन छ । एमाले नेतृत्वको स्थानीय सरकारको पहलमा ४ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा थामी समुदायका अगुवाहरूले शिबाकोटीलाई जितको अग्रिम शुभकामना दिँदै थामी समुदायको हितमा काम गर्न सुझाव पनि दिएका छन् । आफ्नै क्षेत्र र गाउँका व्यक्ति आफूहरूको प्राथमिकतामा पर्ने बताउँदै उहाँहरूले यो पटक संघ र प्रदेशमा समेत निर्वाचन क्षेत्र (ख) का व्यक्ति उम्मेदवार बनेकोमा आफूहरू खुशी रहेको पनि बताए ।

सो समुदायका अगुवाहरुले थामी समुदाको ऐतिहासिक स्थल राङराङथलीको विकासका काममा एमालेको स्थानीय सरकार हुँदा बजेट बिनियोजन भई ऐतिहासिक संग्रहालय समेत निर्माण भएको र अहिले एमालेको सरकार नुहँदा बजेट विनियोजन नभएको गुनासो समेत पोखेका छन् । आफ्नै भेग र भूगोलका व्यक्तिले केन्द्र र प्रदेशमा पहुँच राख्दा आफ्नो क्षेत्र र समुदायमा अर्थपूर्ण काम हुने विश्वास सो समूदायका अगुवाहरूको छ ।

साथै थामी गाउँमा रहेको विद्यालयमा आवश्यक शिक्षक दरबन्दी थप गर्नका लागि समेत अगुवाहरूले उम्मेदवार शिबाकोटीसमक्ष आग्रह गरेका छन् । घरदैलोका क्रममा थामी बस्तीसम्म पुग्ने स्थानीय सडकको अवस्था सुधारका लागि पनि उनीहरूले ध्यानाकर्षण गराएका छन् ।

अगुवाहरूद्वारा व्यक्त समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार शिवाकोटीले एमालेले निर्वाचन जित्दा मात्रै सीमान्तकृत थामी समुदायसहित अल्पसंख्यक, लोपोन्मुख र पिछडिएको वर्गको हित हुने बताए । त्यसका लागि मंसिर ४ गते हुने निर्वाचनमा सूृर्य चिह्नमा मतदान गरी एमालेका सबै उम्मेदवार जिताउन शिबाकोटीले अपिल गरेका छन् ।

उनले ऐतिहासिक राङराङथली संग्रहालयलाई भीमेश्वर नगरपालिका र दोलखाको मात्रै नभएर नेपालकै आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्नेगरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।