२८ आश्विन २०८३, बुधबार

एमाले अध्यक्ष ओलीले सर्वसाधारणसँग गरे टेलिफोनमा कुराकानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सर्वसाधारणसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

च्यासलस्थित पार्टी कार्यालयबाट ओलीले गोला तानेर सर्वसाधारणसँग कुराकानी गरेका हुन् । ओलीले करिब ४ घण्टा कुराकानी गरेका थिए ।

ओलीले सर्वसाधारणसँग देशको वर्तमान अवस्था, विकास निर्माणका विषयमा कुराकानी गर्नुका साथै सर्वसाधारणको समस्याकाबारेमासमेत जानकारी लिएका थिए ।

अध्यक्ष ओलीले मंगलबार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न अनुरोध गरेका थिए ।