२ कार्तिक २०८३, सोमबार

एमाले उम्मेदवार शिबाकोटीलाई ९२ वर्षीयाको आर्शीवाद : चुनाव जितेर वृद्धवृद्धाको सेवामा लागिरहनू

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ४ कात्तिक । दोलखामा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका बालकृष्ण शिबाकोटीलाई एक ९२ वर्षीया वृद्धाले आगामी निर्वाचनमा विजय हासिल गर्न आर्शीवाद दिनुभएको छ ।

निर्वाचन जितेर जिल्लाको विकास गर्दै आफूहरूजस्ता वृद्धवृद्धाको सेवामा निरन्तर लागिरहन पनि उहाँले उम्मेदवार शिबाकोटीलाई आग्रह गर्नुभएको छ । उम्मेदवार शिवाकोटीसहितको टोली घरदैलो कार्यक्रम गर्दै आज शुक्रबार भीमेश्वर नगरपालिकाको वडा नं. ७ स्थित उखुबारीमा पुगेको थियो ।

घरदैलोका क्रममा स्थानीय बासिन्दा ९२ वर्षीया ईन्दिरादेवी कार्कीले उम्मेदवार शिबाकोटीलाई टीका र माला लगाएर विजयका लागि आर्शीवाद दिनुभएको हो । उहाँले वृद्धवृद्धालाई सम्मान गर्ने तथा वृद्धभत्ता सुरू गर्ने पार्टी नेकपा एमाले भएको स्मरण गर्दै यो चुनावमा पनि दोलखामा एमालेले जित हासिल गर्नुपर्ने बताउनुभयो ।

मतदाता भेटघाटका क्रममा स्थानीयले विद्यालयमा दरबन्दी अनुसारका शिक्षक हुनुपर्ने, स्थानीय सडकहरुलाई बजेट व्यवस्था गरिनुपर्नेलगायत सवाल उठाउनुभएको छ ।

स्थानीयका सवालहरू सुनेपछि उम्मेदवार शिबाकोटीले राजनीतिक होस् वा सामाजिक रूपमा आफू सधैं दोलखाली जनताको सेवामा लागिरहेको बताउनुहुँदै स्थानीयस्तरबाट उजागर भएका समस्या समाधानको विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले जिल्लाको समग्र विकासको पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीलगायत अति आवश्यक कामहरू उच्च प्राथमिकतामा राखेर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मुलुकमा व्यवस्था परिवर्तन र त्यसको संस्थागत गर्न लामो समय लागेको भइसकेको बताउँदै उहाँले अब जनताको अवस्था परिवर्तन गर्दै देशको मुहार फेर्ने अभियानको स्पष्ट खाकासहित एमालेले अगुवाइ गरिरहेकाले सूर्य चिह्नमै मतदान गर्न अपिल गर्नुभएको छ । एमालेबाहेकका राजनीतिक शक्तिबाट जिल्लाको विकास सम्भव नभएको उहाँको भनाइ छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर दोलखामा उम्मेदवारहरुले घरदैलो तथा भेटघाटलाई तीव्र बनाउनुभएको छ । जिल्लाका गाउँटोलमा अहिले अगुवा कार्यकर्ता प्रशिक्षण, घरदैलो, भेटघाटलगायत गतिविधिहरू भइरहेका छन् ।

घरदैलो अभियानमा उम्मेदवार शिवाकोटी, एमाले दोलखा उपाध्यक्ष एवम् भीमेश्वर नगरपालिका निर्वाचन कमाण्डर राजेन्द्र मानन्धर, निर्वाचन कानुनी परामर्श र व्यवस्थापन समिति संयोजक कृष्ण बस्नेतलगायतको सहभागिता थियो ।

साथै एमालेमा उम्मेदवारहरू पुग्नुभएको स्थानमा स्थानीय जनसहभागिता समेत उल्लेख्य रहेको छ ।