५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री कोइरालाद्धारा बेलायती प्रधानमन्त्री क्यामरुनलाई बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

David Cameronकाठमाडौँ, २६ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले बेलायतका प्रधान मन्त्री डेविड क्यामरुनलाई उहाँले संसदीय निर्वाचनमा सानदार विजय प्राप्त गर्नु भएकोमा बधाई ज्ञापन गर्नु भएको छ ।

प्रधानमन्त्री कोइरालाले आज पठाउनु भएको बधाइ सन्देशमा प्रधानमन्त्री क्यामरुनलाई नेपाल सरकार,नेपाली जनता र आफनो तर्फबाट उहाँको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

नेपाल र बेलायतबीचको धनिष्ठ र सौहार्द सम्बन्धको बारेमा स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले सन्देशमा दुइ देशबीचको दुइ सय वर्षदेखिको मित्रता र जनस्तरको सम्बन्धको चर्चा गर्नु भएको छ ।

प्रधानमन्त्री कोइरालाले बेलायती प्रधानमन्त्री क्यामरुनलाई उहाँको अनुकुल समयमा नेपालको औपचारिक भ्रमणका लागि आमन्त्रण गर्दै सो भ्रमण आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन र सहयोग अभिबृद्धिका लागि कोशेढुङगा सावित हुने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री कोइरालाले नेपाल र अन्तर्राष्ट्रियक्षेत्रमा शान्ति,स्थायित्व,प्रजातन्त्र र विकासका लागि दुइ देश संगसंगै अधि बढनुपर्ने धारणा राख्नु भएको छ ।

नेपालको विकास कार्यमा बेलायतको निरन्तर सहयोगलाई उच्च मुल्याङकन गरिएको बताउदै प्रधानमन्त्री कोइरालाले सन्देशमा बेलायतले नेपालमा आएको विनाशकारी भूकम्पबाट भएको विपद्मा मानवीय सहयोग,सहानुभूति र ऐक्यवद्धता देखाएकोमा कृतज्ञता र हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ । रासस