२८ आश्विन २०८३, बुधबार

अध्यक्ष नेपाललाई स्पष्टीकरण माग्दै आयोगले पठाएको पत्र नेकपा एसले फिर्ता पठाइदियो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । नेकपा (एकीकृत समाजवादी पार्टी)ले अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्दै पठाएको पत्र फिर्ता गरिदिएको छ ।

नेकपा एसले अध्यक्ष नेपालविरुद्वको पत्र बुझ्दै नबुझी आयोगमै फिर्ता गरिदिएको हो ।  रौतहटमा मतदातालाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने भन्दै प्रलोभन देखाउँदै भोट मागेकोभन्दै आयोगले नेपाललाई स्पष्टीकरण सोधेको हो ।

नेपालले निर्वाचन प्रभावित पार्ने गरि निर्वाचन कसुर गरेको आरोप लगाउँदै आयोगले अध्यक्ष नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ ।

आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको हो ।

नेता नेपालले स्पष्टीकरण माग गरिएको पत्र बुझ्नुअघि नै आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार नेपालमाथि कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।