
काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा पुगेका छन् ।
पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उनी पोखरा पुगेका हुन् ।
यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गरेका थिए।
नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए ।











प्रतिक्रिया