
काठमाडौं, ३ कात्तिक । सशस्त्र प्रहरी बलका चार जना प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज ३१ गते गरेको निर्णयअनुसार उनीहरूको आवश्यकताका आधारमा काज सरुवा भएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले जनाएको छ ।
जस अनुसार सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेललाई नुवाकोटबाट सप्ततरी, प्रदीप खड्कालाई सप्तरीबाट नुवाकोट, रमेश विक्रम शाहीलाई मानव स्रोत विभागबाट वैद्यनाथ बाहिनी मुख्यालय कैलाली र डम्बर बहादुर बिष्टलाई बाँकेबाट दार्चुला सरुवा गरिएको छ ।
हेर्नुहोस् काज सरुवा सूची–
















प्रतिक्रिया