२ कार्तिक २०८३, सोमबार

टक्सार विभागमा सुन र चाँदीका असर्फी खरिद गर्नेको भीड (भिडिओ)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुन र चाँदीका असर्फी खरिद गर्नेको भीड लागेको छ ।

तिहारका समयमा विभागले सुन र चाँदीका सिक्काहरु बिक्रीवितरण गर्दै आएको छ ।

राष्ट्र बैंकले यसपटक चैतदेखि नै सुन र चाँदीका असर्फी बिक्रीवितरण गर्दै आए पनि अहिले तिहारका बेला चाप बढेको टक्सार विभागका निर्देशक विनोदराज आचार्यले जानकारी दिए ।

गत वर्ष परीक्षण उत्पादन मात्र गरेको र पुरानो मौज्दात बिक्रीवितरण गरे पनि यसपटक व्यावसायिक रुपमा उत्पादन गरिएको असर्फी बिक्री गरिएको उनले बताए । आइतबारसम्म हरेक खरिदकर्तालाई खाली हात नफर्काउने गरी बिक्रीको व्यवस्था गरिएको उनको भनाई छ ।

विभागबाट २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी खरिद गर्न सकिने जानकारी राष्ट्र बैंकले दिएको छ ।