
धनुषा, ३ कात्तिक । झारफुक गर्ने बहाना बनाएर धनुषामा मुखियाले एक जना महिलालाई बलात्कार गरेका छन् ।
३५ वर्षीया ती महिलालाई बलात्कार गरेको अभियोगमा विदेह नगरपालिका–३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मुखियाले झारफुक गर्ने क्रममा सोमबार महिलाकै घरमा बलात्कार गरेका हुन् ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया