४ कार्तिक २०८३, बुधबार

बिहीबार एक सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला एक सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार सात सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार एक सय ७० तोकिएको महासङ्घले जनाएको छ ।