
काठमाडौं, ३ कात्तिक । पछिल्लो दिनहरुमा तापक्रम घटेसँगै काठमाडौं उपत्यकामा चिसो महसुस गरिएको छ ।
तापक्रम घटेसँगै उपत्यकामा चिसो महसुस गरिएको हो ।
मंगलबार यहाँको अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहेकोमा बुधबार २४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । पछिल्लो दिनहरुमा यहाँको न्यूनतम तापक्रम भने १२ डिग्री सेल्सियसको हाराहारी रहेको छ ।
आजको अधिकतम तापक्रम पनि २४ देखि २५ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
महाशाखाले आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।











प्रतिक्रिया