२ कार्तिक २०८३, सोमबार

बझाङ जीप दुर्घटनाका घाइतेलाई तलकोट गाउँपालिकाले दुई लाख रुपैयाँ दिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, २ कात्तिक । जिल्लाको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्चस्वरूप रू. दुई लाख उपलब्ध गराउने भएको छ ।

मष्टा गाउँपालिका–१ तुफानडाँडामा आज दिउँसो जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि गाउँपालिकाबाट रू. दुई लाख उपलब्ध गराउने जानकारी दिनुभयो ।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारदेखि मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको सु प प्र ०१–००१ च ११७ नम्बरको जीप मष्टा गाउँपालिकाको तुफानडाँडामा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।